- असार ०६, २०८०
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँगको भेटमा भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।
टिप्पणीहरू: