मङ्गलबार, २६ फागुन २०८२

अवैध डिम्ब प्रकरण : पीडित किशाेरीका अभिभावकलाई सुरुदेखि नै धम्कि


काठमाडाैं । अवैध डिम्ब प्रकरणमा होप फर्टिलिटीबाट पीडित किशाेरीका परिवारका सदस्यलाई सञ्चालकहरुले प्रारम्भदेखि नै धम्क्याएकाे पुष्टि भएकाे छ । उकेरा डटकमका लागि प्रजु पन्तले लेखेकाे समाचारमा  होप फर्टिलिटीका सञ्चालकले पीडित किशाेरीका परिवारलाई धम्क्याएकाे उल्लेख छ ।

उकेरामा प्रकाशित समाचार अनुसार प्रारम्भदेखि नै कानुन व्यवसायी र होप फर्टिलिटीकी सञ्चालक सविता भण्डारी अनुसन्धानदेखि मुद्दा प्रक्रिया प्रभावित पार्न सक्रिय थिइन्। प्रहरीले प्राप्त प्रमाणका आधारमा मुद्धा प्रक्रियाका लागि गरेको सिफारिस विपरित जिल्ला सरकारी वकिल कार्यालयबाट उच्चहुँदै सो फाइल महान्यायधीवक्ताको कार्यालय पुग्दा उनै सविता महान्यायधीवक्ता कार्यालयको प्रमुख भइसकेकी थिइन्।

उकेराले लेखेकाे छ 'उनी महान्यायधिवक्ता भइसकेपछि त्यही कार्यालयले सिधै आफ्नो प्रमुखको स्वार्थ बाझिनेगरि पर्याप्त आधार र प्रमाण भए पनि मुद्धा चलाउन आवश्यक नभएको अन्तिम निर्णय गरेर गम्भिर अपराधको प्रमाण अदालतमा परिक्षण हुने बाटो नै बन्द गरिदिए।'

‘हामीले छोरीहरूको मोबाइल हेर्दा पैसाको कुरा भएको, डिम्ब निकाल्दा केही नहुने भन्दै फकाएको भेटिएपछि होप फर्टिलिटीमा गएका थियौँ,’ दुई पीडित किशोरीमध्ये एककी आमाले उकेरासँग भनिन् “त्यहाँ हामीलाई जहाँ गएर उजुरी दिए पनि केही हुन्न, हाम्रा मान्छे छन् भनेर धम्काउने काम भयो। अहिले त मुद्दा नै नचल्ने निर्णय भएछ।”

यो प्रकरणमा महान्यायधीवक्ता सविताको व्यवसायीक र पारिवारिक स्वार्थ प्रत्यक्ष जोडिएको छ। पहिलो त होप फर्टिलसटीमा उनी पनि सञ्चालक हुन्। उनको छोरी त्यही कम्पनीमा कम गर्छिन् भने अर्को सञ्चालक पनि उनको पारिवारिक सदस्य हुन्।

यो प्रकरणमा प्रारम्भदेखि नै उनी होप फर्टिलिटीको पक्षमा अदालतमा बहस गर्न पुगेकी थिइन्। उनीसँग सिआइबीले समेत बयान लिएको थियो। अन्तमा उनले किशोरीहरुमाथि भएको गम्भिर घटनाको अनुसन्धानको प्रमाण, पीडित पक्षको दाबी अदालतमा पुगेर न्यायीक परिक्षण हुने बाटो रोक्दै प्रशासनिक रुपमै फाइल बन्द गराइन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ