सोमबार, २७ असोज २०८२

रिटायर्ड लाइफ बिताउँदिनँ, पार्टीकाे प्रमुख भइराख्नुपर्छ भन्नेमा अब छैन: प्रचण्ड


काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू रिटायर्ड लाइफ नबिताउने बताएका छन्।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको संवादका क्रममा उनले राजनीतिकबाट निष्क्रिय बस्न र पलायन हुन आफ्नाे नेचरले नदिने बताए।

साथै अध्यक्ष प्रचण्डले आफू पार्टीकाे प्रमुख भइराख्नुपर्छ भन्नेमा अब नरहेकाे बताए।

‘मैले इतिहासमा गरेका आन्दाेलनहरू, गरेका भूमिका र नेतृत्वहरू र मेराे नेचरले निष्कृय बस्ने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेराे हुँदैन । मेराे नेचरले पनि दिँदैन, इतिहासकाे आवश्यकताले पनि दिँदैन। तर म अध्यक्ष पद, पार्टीकाे प्रमुख भइराख्नुपर्छ भन्नेमा अब म छैन। मैले केन्द्रीय समितिमा प्रष्टसँग भनेकाे छु’, उनले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ