- असार ०६, २०८०
भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन्।
नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उनले चुनावमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताएका हुन्।
मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भने, ‘म चुनावमा उठ्ने रे भन्ने कुराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठ्ने रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन।’
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाव गराउनु नै रहेको बताउँदै उनले आफ्नो ध्यान चुनावमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे।
पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई कायम राख्नुपर्नेमा जोड दिदै उहाँले फागनु २१ मा निर्वाचन हुँदैछ, उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताए। निर्वाचनमा सही, सत्यपरक र सन्तुलित सूचना एवं समाचार विश्वसनीय ढंगले सम्प्रेषण गर्न आग्रह उनले आग्रह गरे।
मन्त्री खरेलले चुनाव नजिकिँदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी पार्ने, चुनावलाई निष्पक्ष, धाँधली, स्वतन्त्र बनाउने, सही उम्मेदवार छान्ने, सही ठाउँ सही तरिकाले भोट रद्द नहुने गरी मतदान गर्ने र राम्रो नेतृत्व चयन गर्ने सन्दर्भमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने औँल्याए।
आमनागरिकले सञ्चार माध्यमबाट कुन पार्टी ठिक, कुन नेता ठिक, कुन चुनाव चिन्ह ठिक, कसरी मत हाल्ने, कसरी सही तरिकाले मत हाल्दा बदर हुँदैन, मतदान केन्द्रमा सेवा सुबिधा के छ, सबैजना मतदानमा जानु पर्छ भन्ने कुरा जानकारी दिन लाग्नु पर्नेमा जोड दिए।
मन्त्री खरेलले भने, ‘देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यवस्था परिविर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यवस्था परिवर्तन भए, कयौँ व्यक्तिहरु शासन व्यवस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री चलाए, मन्त्रीहरु बने तर देश किन बनेन?, जनताको अवस्था किन सुध्रने त? किन जेनजी जनआन्दोलन हुनुपर्यो, दर्जनौले बलदानी दिनुपर्यो भन्नेबारेमा समाचार माध्यमले समाचार ल्याउनु पर्छ।’
उनले भने, ‘मुलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरी मुलकमा रगत बग्न हुँदैन, जेनजी दाजुभाइ, दिदीबहिनीहरु मर्ने दिन फेरि आउनु हुँदैन, फेरि बलिदानी दिनुपर्ने अवस्था आउनुहुँदैन।’ उनले त्यस्तो दिन आउन नदिन एउटा ठूलो अवसर आएको र आउँदो चुनावबाट राम्रो व्यक्ति, राम्रो पार्टी, राम्रो नेतालाई नेतृत्वमा ल्याएर परिवर्तन गर्नु पर्ने बताए।
टिप्पणीहरू: