- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नाे कुनै संलग्नता नभएकाे बताएका छन्।
प्रतिनिधिसभाको आजकाे बैठकमा गृहमन्त्री लेखकले आफूविरुद्ध उठेको प्रश्नको जवाफ दिँदै यस्ताे कार्यमा आफ्नाे संलग्नता हुनै नसक्ने बताए।
‘भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन, हुनै सक्दैन, उनले भने, मेराेविरुद्ध नियाेजित ढंगले, षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएकाे छ, म याे सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच गृहमन्त्री लेखकले संसद्मा जवाफ दिएका हुन्।
टिप्पणीहरू: