बिहिबार, ०८ माघ २०८२

देश जलाउनेहरूबाट देश जोगाउन फेरि झापा ५ मा उम्मेदवार बनेँ : ओली


काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जलाउनेहरूबाट देश जोगाउन आफु झापा ५ मा उम्मेदवार भएर आएकाे बताएका छन् ।

 झापाको दमकमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले जनताको फैसला सुन्न आफू चुनावी मैदानमा आएको बताए ।

घर भत्काएर मात्रै देश नबन्ने भन्दै उनले देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको बताए ।

अध्यक्ष ओलीले पार्टीले तौलिएर  टिकट वितरण गरेको दावी गर्दै एमालेमा टिकट वितरणका विषयमा कुनै  समस्या नभएको बताए । उनले कोही मानिस अराजक भएर पनि आउन सक्ने उलेलेख गर्दै भने, ‘लाखौँ कार्यकर्ता भएको पार्टीमा एक दुई जना अराजक हुनु ठुलो कुरा होइन । उनले केही स्थानमा कुनै पार्टीसँग तालमेल हुन सक्ने बताए ।

पत्रकारले कांग्रेससँग गठबन्धन हुन लागेको हो भन्ने जिज्ञासामा ओलीले भने, ‘गठबन्धन भन्ने शब्दै ठिक भएन तर यसलाई चुनावी तालमेल भन्नुस् । केही स्थानमा तालमेल हुन सक्छ ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ