शनिबार, १० साउन २०८२

श्रीमानलाई करेन्ट लागेपछि छुटाउन जाँदा श्रीमान श्रीमतीकै मृत्यु


राजविराज (सप्तरी) ।  सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ  । 
    
स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।
    
प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो  । सो क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ