मङ्गलबार, १६ वैशाख २०८२

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधिसभाबाट पारित


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो ।

त्यसअघि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटी सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सांसदद्वय पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पाटा र पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनको आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते दिउँसो ३ः०० बजे बस्नेछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ