शनिबार, ०६ वैशाख २०८२

यौन दुर्व्यवहारमा परेकी युवतीको मृत्युबारे छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन


काठमाडौँ । सिराहामा यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी युवतीको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन् ।

चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी सिराहाकाे नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

गृहमन्त्री लेखकले उक्त घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् ।

गत ९ पुस गते बरियारपट्टी गाउँपालिका–१, कचनारीको नरगीस्थित दिदीको घर गइरहेका बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेको थिए । त्यसपछि उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले जाहेरी लिन मानेको थिएन ।

पीडित पक्षकाे दबाबले साढे दुई महिनापछि फागुन २५ मा मात्रै प्रहरीले पीडकविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो । न्याय प्रक्रियामा ढिलासुस्ती हुँदा आनन्दी मानसिक तनावमा रहेकाे उनकाे परिवाले जनाएकाे छ ।

घटनापछि श्रीमानले समेत बेवास्ता गरेपछि उनी दुई वर्षीया छोरी लिए माइतीमै बस्दै आएकी थिइन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ