शनिबार, २४ जेठ २०८२

गृहमन्त्री लेखकको बचाउ गर्दै सञ्चारमन्त्री


काठमाडौं । अध्यागमन प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको पक्षमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ उभिएका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री लेखककले राजीनामा दिएर मार्गप्रसस्त गर्नु पर्ने कुरा गरिरहेको बेला सञ्चारमन्त्री गुरुङ भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताउछन् ।

आइतबार एमालेको सचिवालय वैठकमा सहभागी हुने क्रममा सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै सञ्चारमन्त्री गुरुङले तीर्थ भट्टराई पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताए ।
सामाजिक सञ्जालमा गृहमन्त्रीको व्यापक आलोचना भइरहेको छ भने उनको राजीनामाको माग भइरहेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ