- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ऐतिहासिक सम्झौता भएको बताएका छन् ।
बिहीबार सम्पादकहरुसँग सम्वाद कार्यक्रममा सहभागी ओलीले यो मुलुक इतिहास बोकेका कांग्रेस एमाले जस्ता पार्टीले नै चलाउने ठोकुवा गरे । ‘एमाले र नेपाली कांग्रेस ऐतिहासिक पार्टी हुन् कहिले काँही आउने आँधीबेहरीले खास असर गर्दैन ।’ उनले भने ।
हैषियत नभएको व्यक्तिले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै अध्यक्ष ओलीले संसद विघटन खारेज हुनुपर्ने बताए ।
पछिल्लो समय १४३ वटा पार्टी दर्ता भएको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै ओलीले पछिल्लो समय अपराध गर्नेहरु पनि राजनीतिमा आएको टिप्पणी गरे । ‘अहिले त कसैलाई सम्पत्ति लुकाउन प-यो, अपराध ग-यो । पत्रकारितामा असफल भयो भने राजनीतिमा लाग्ने प्रवृत्ति छ ।’
उनले यो सरकारलाई नागपञ्चमीमा गोबर टाँसेको नाग जस्तै भएको टिप्पणी गर्दै भने ‘यो सरकार अन्तरिम होइन असम्बैधानिक हो ।’
टिप्पणीहरू: