बुधबार, ०४ चैत २०८२

खोटाङमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जना सामान्य घाइते


काठमाडौँ। खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरिएको छ।

आज बिहान काठमाडौँकाे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ हेलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन्। घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उनले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ