- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा आउदाे कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।
आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो ।
बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा दर्ता गराएकाे रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सरकारले कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
टिप्पणीहरू: