सोमबार, १६ चैत २०८२

रास्वपा कार्यकर्ताले ज्यान मार्ने धम्की दिएकाे भन्दै हर्क साम्पाङले साइबर ब्युराेमा दिए उजुरी


काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

साम्पाङले सोमबार सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएका हुन् । उनले खड्कालाई रास्वपाको समर्थक भएको बताएका छन् ।

‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ