शुक्रबार, १८ वैशाख २०८३

सरकारले आज ७ सय बढी घर टहरा भत्काउने


काठमाडौँ । सरकारले बागमती र त्यसका सहायक नदी किनार बनाएका घर टहराेमा डाेजर लगाएकाे छ ।   आज बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ । 

सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अभियानमा आज कूल ६८६ वटा घर टहरा हटाउने लक्ष्य राखेकाे छ । बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा घर टहराेमा डाेजर लगाएकाे छ ।

अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका  संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ । 

बाँकी क्षेत्रमा रहेका सुकुमवासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने याेजना रहेकाे छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ