बिहिबार, ०७ साउन २०८३

सरकारले भन्याे- मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध


काठमाडौं । सरकारले मिटरब्याज लिने गरी भएका सबै लिखतहरू आजको मितिबाट अवैध घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

मिटरब्याजपीडित र सरकारी पक्षबीच साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषदले अनुमोदन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए

त्यसअनुसार आजैका मितिबाट मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध भएको उनको भनाइ छ । सरकार र मिटरब्याज पीडितबीच भएकाे सहमति अनुरुप नै सरकारले उक्त निर्णय गरेकाे हाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ