- असार ०७, २०८०
काठमाडौं। काठमाडौं महानगरपालिकामा एक्लोजस्तो बनेका महानगर प्रमुख बालेन शाहमाथि सरकारले अख्तियार लगाउने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडै जवाफ दिने बालेनलाई कारबाही गर्नुपर्ने भन्दै एमाले कार्यकर्ताले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिने गरेका छन्। त्यसो त प्रधानमन्त्री ओली पनि बालेनलाई कारबाही गर्ने उपायको खोजीमा थिए।
महालेखा परीक्षकको प्रतिवेदनले बालेनमाथिको प्रतिशाेध साँध्न सरकारलाई सजिलो बनाइदिएको छ।
फ्रान्सको पेरिसमा भएको ७७औँ कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे महालेखाको प्रतिवेदनको आधारमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ।
मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन अगाडि बढाएको अख्तियार स्रोतको दाबी छ।
महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा समेत काठमाडौं महानगरले भ्रमण खर्चवापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर खर्च गरेको देखिएको भन्दै अधिकांश भुक्तानी नियमसंगत नभएको उल्लेख गरेको थियो।
स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ अनुसार कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबाहेक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ।
अख्तियार स्रोतका अनुसार बयानका लागि महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकार (बेन)लाई बोलाएको छ। लम्साल ब्राजिलमा भएको एक बैठकमा सहभागी हुन गएका बेलाको हवाई खर्च भुक्तानीमा महालेखाले प्रश्न उठाएको थियो। कुमार बेन मेयर शाहसँगै ३१ वैशाख २०८१ मा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने गएका थिए।
‘यदि संवैधानिक पदाधिकारी नियुक्तिको विषयमा सर्वोच्चमा आजै निर्णय हुने थिएन भने बालेनविरुद्ध मुद्दा दायर भइसक्थ्यो’, अख्तियार स्रोतले भन्यो, 'अब बालेनलाई सजिलाे छैन।'
टिप्पणीहरू: