- असार ०६, २०८०
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा बाेल्दै महामन्त्री थापाले यस्ताे बताएका हुन् ।
‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं’, थापाले भने, ‘हामीले भन्न सक्नुपर्छ, पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’
कांग्रेसमा गुटभन्दा पनि गिरोह बनेको भन्दै उनले, 'पार्टीमा गुट होइन, गिरोह बनेको छ। तल्लो तहसम्म बनेको छ। गुट भए आफू हुने, नभए नहुने भइसक्यो। तर समस्या यहाँ तल जरामा हो छियाछिया पारेका छौँ,' उनले भने,'तर, मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ। नभनेका मात्रै हुन् मुखले।'
टिप्पणीहरू: