बिहिबार, ०७ साउन २०८३

सुन तोलामा पाँच हजार ४०० ले बढ्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको छ । 

हिजो प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३७० निर्धारण भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ