- असार ०६, २०८०
काठमाडौँ। आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेकाे छ। आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।
टिप्पणीहरू: