सोमबार, १६ चैत २०८२

तोलामा ५ हजारले बढ्यो सुनकाे मूल्य


काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ