शनिबार, ०६ वैशाख २०८२

सुनको मूल्य तोलामै १ लाख ९० हजार नाघ्याे


फाइल फाेटाे

काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार मङ्गलबार प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ