मङ्गलबार, १७ चैत २०८२

आज पनि बढ्यो सुनचाँदीको भाउ


काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ।

महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु चार हजार एक सयले बढेर रु तीन लाख चार हजार ६०० पुगेको छ।

साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २४० ले बढेर रु पाँच हजार २५० मा कारोबार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ