बुधबार, १९ कात्तिक २०८२

फेरि घट्यो सुनचाँदीको मूल्य


फाइल तस्बिर

काठमाडौँ। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ