शुक्रबार, २९ चैत २०८१

घाइते अर्थमन्त्रीलाई भेट्न कीर्तिपुर अस्पताल पुगे राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका छन् ।

अर्थमन्त्रीको अवस्थाबारे जानकारी लिन आइतबार बिहान १० बजेपछि राष्ट्रपति पौडेल कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि कीर्तिपुर अस्पताल पुगेका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि शनिबार नै कीर्तिपुरस्थित अस्पतालमा ल्याइएकाे थियाे। 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ