बुधबार, ०९ पुस २०८२

सरकारले काम नगरेकाे भन्दै जेनजीले गरे आन्दाेलन घाेषणा


काठमाडौं । जेनजी आन्दाेलनकै बलमा बनेकाे सरकारले काम नगरेकाे भन्दै जेनजीकै एउटा समुहले सरकारविरुद्ध आन्दाेलन घाेषणा गरेकाे छ । 

सरकारले एकसय  दिन पार गरेकाे अवसरमा मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा गरेको हाे ।

आइतबार एक कार्यक्रम गर्दै उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।

ढुंगानाले साेमबार ११ बजे माइतीघरमा भेला हुन जेनजीलाई आव्हान गरेका छ्न् ।

भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको भनाई छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनले बताए ।

कार्की सरकारले जेन-जी आन्दोलनको मर्म नबोकेको र समग्र युवाको नेृतृत्व नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको माग समेत गरे ।

ढु‌ंगानाकै समुहले केही दिन अघि सरकारकाे विराेधमा सिंहदरबार अगाडी प्रदर्शन समेत गरेकाे  थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ