- भदौ ०१, २०८१
फोनोम पेन। कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ। यो विवादको १५औँ दिन हो।
कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन्।
सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै पक्षमा मानव क्षति भएको छ।
कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार, अहिलेसम्म यो विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलतर्फ विस्थापित भएका छन्।
टिप्पणीहरू: