बिहिबार, ३० असोज २०८२

जेन्जी २.० : सबै पुस्ताको सहभागितासहितको राष्ट्रिय अभियान, किन छ चर्चामा ?


भ्रष्टाचार, असुशासन, नेतातन्त्र र प्रशासनिक स्वार्थकाविरुद्ध देशभर विगत केही वर्षयता उठिरहेका साना–ठूला आन्दोलनहरूबीच अब एउटा नयाँ र फरक लहर देखिएको छ — जेन्जी २.० : सबै पुस्ताको राष्ट्रिय अभियान । भदौ २३ गते सुरु भएको प्रारम्भिक जेन्जी आन्दोलनले भ्रष्टाचार र असमानताविरुद्धको स्वर बुलन्द गरेपछि देशभर नयाँ राजनीतिक चेतना जगाएको थियो । तर त्यसपछि आन्दोलन केवल एक पुस्तामा सीमित रह्यो भन्ने आलोचना चल्यो । यही कमजोरीलाई सम्बोधन गर्न, सबै पुस्ता, पेशा र विचारका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले ‘जेन्जी २.०’ अभियान सुरु गरिएको हो ।

एक पुस्ताको आन्दोलनदेखि सबै पुस्ताको एकतासम्म

जेन्जी आन्दोलनका घाइतेहरूको उमेर १४ वर्षदेखि ७१ वर्षसम्म र सहिदहरूको उमेर १६ देखि ६५ वर्षसम्म रहेको तथ्यले स्पष्ट गर्छ—यो आन्दोलन केवल युवाको होइन, सबै पुस्ताको साझा पीडा र सपना हो । त्यसैले अहिलेको जेन्जी २.० ले आफूलाई ‘एक पुस्ताको आन्दोलन’ होइन, ‘सबै पुस्ताको राष्ट्रिय अभियान’ को रूपमा परिभाषित गरेको छ ।

चार दिनसम्म चलेको राष्ट्रिय भेलामा सहिद परिवार, घाइते योद्धा, सामाजिक अभियन्ता, युवा प्रतिनिधि, महिलाहरू, विभिन्न राजनीतिक दलका कार्यकर्ता र व्यवसायिक क्षेत्रका विशेषज्ञहरूको उपस्थितिले अभियानलाई समावेशी स्वरूप दिएको छ ।

भिन्नता : नारा होइन, जिम्मेवारीको आन्दोलन

अन्य समूहहरू जहाँ ‘जेन्जी मन्त्रालय’ को माग गर्दै सीमित छन्, जेन्जी २.० ले त्यसभन्दा फरक बाटो रोजेको छ ।
यस अभियानले प्रधानमन्त्री कार्यालय, राष्ट्रपतिको कार्यलय, स्थानीय तह र प्रभावित क्षेत्रहरूमा पुगेर राहत, पुनर्निर्माण र सुशासनका सवालमा प्रत्यक्ष संवाद थालेको छ ।

अभियानका संरक्षक तथा परिकल्पनाकार डा. हरि कार्की भन्छन् –‘यो सरकार हाम्रो हो । यसलाई सुधार्नु, जोगाउनु र जनताको आवाजसम्म पु¥याउनु हाम्रो जिम्मेवारी हो । जेन्जी आन्दोलनका मागहरू सम्बोधन गर्न हामी नै दबाब दिनेछौं, तर हिंसाको होइन, जिम्मेवारीको बाटोबाट ।’

राष्ट्रिय भावना र जनसहभागितामा जोड

जेन्जी २.० ले आन्दोलनका सहिद र घाइतेहरूलाई सम्मानपूर्वक स्मरण गर्दै ‘जेन्जी चोक’ र ‘सहिद चोक’ स्थापनाको अभियान सुरु गरेको छ ।
यसले ‘नेपाल ओपन क्याम्पेनिंङ’ मार्फत पर्यटन क्षेत्र पुनर्जीवनमा पनि जोड दिएको छ — ताकि अर्थतन्त्रको ठूलो हिस्सा बनेको पर्यटन पुनः सक्रिय बनोस् । अभियानका अभियन्ताहरूका अनुसार, ‘हामी मन्त्रालयका कुर्सी होइन, मन जित्ने यात्रा सुरु गरेका छौं ।’ यस सन्देशले जनतामा सकारात्मक धारणा बढाएको छ ।

सबै पेसा, सबै विचारका प्रतिनिधि एउटै लक्ष्यमा

राष्ट्रिय भेलापछि गठित प्रारम्भिक समितिले एक साताभित्र देशव्यापी संगठन विस्तार सुरु गर्ने निर्णय गरेको छ । अभियानले सबै जिल्लामा फारम संकलन, प्रतिनिधिहरूको बायोडाटा संकलन र विशेषज्ञ टोली निर्माणको काम अघि बढाएको छ ।

अभियानको मुख्य उद्देश्यहरू यसप्रकार छन्—
आन्दोलनका उपलब्धिहरूको संरक्षण,
राष्ट्रिय एकताको सुदृढीकरण,
सुशासन र पारदर्शी नेतृत्वको प्रवद्र्धन,
र आत्मनिर्भर नेपाल निर्माणमा युवा–वरिष्ठ सबै पुस्ताको सहकार्य ।
किन चर्चा छ अहिले जेनजी २.० को ?
१. समावेशी दृष्टिकोण : अन्य समूहहरूले केवल मन्त्रालय मागेका बेला, यो टोलीले सबै पुस्ता र आन्दोलनलाई एउटै मञ्चमा ल्यायो ।
२. व्यवहारिक गतिविधि : राहत, संवाद र संगठन विस्तारमार्फत स्थलगत काम गरिरहेको छ ।
३. अर्थतन्त्रमा जोड : ‘नेपाल ओपन’ अभियानमार्फत पर्यटन पुनर्जीवनलाई राष्ट्रिय प्राथमिकता बनाएको छ ।
४. राष्ट्रिय सन्देश : ‘हामी सबै नेपाली एक हौं’ भन्ने भाव विश्वमा पु-याउने उद्देश्य लिएको छ ।
५. नेतृत्वको स्पष्टता : डा. हरि कार्कीको परिकल्पनामा आधारित यो अभियान योजनाबद्ध ढंगले अगाडि बढिरहेको छ ।

निष्कर्ष : आन्दोलनभन्दा माथिको विचार

जेनजी २.० अब केवल आन्दोलन होइन, एउटा विचार र राष्ट्रिय मनोभाव बनिसकेको छ ।
यो अभियानले देशभित्र आशाको किरण जगाएको छ —
जहाँ युवाको उर्जा, मध्यपुस्ताको अनुभव र वरिष्ठ पुस्ताको मार्गदर्शन एकैसाथ प्रयोग हुँदैछ ।
देश निर्माण र पुनरुत्थानको यात्रामा यो अभियानले दिएको सन्देश सरल तर गहिरो छ —
‘जेन्जी २.० : देश एक, पुस्ता सबै ।’

जेन्जी २.० का सम्पूर्ण जेन्जीहरु
केन्द्रिय कार्यालय महाराजगञ्ज, काठमाडौं ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ