शुक्रबार, २६ असार २०८३

गणेश नेपाली आत्मदाह घटनाकाे छानबिन हुनु पर्छ : कांग्रेस


काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् । 

उनले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश पाेखे ।

आङ्देम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरे । ‘गणेशले बोल्न सकुञ्जेल परिवारलाई ‘मलाई यसरी प्रताडित गरिएको छ’ भनेको रहेछ । यसको गम्भीरतापूर्वक छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । यो खालको अवस्था रहिरह्यो भने राम्रो हुँदैन ।’

राइड–सेयरिङ चालकहरू स्वरोजगार भएको र उनीहरूमाथि राज्य पक्षबाट भएको दुव्यर्वहारको आङ्देम्बेले भर्त्सना गरेका छन् । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ