- असार ०६, २०८०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको बिहान ११:२० मा निधन भएको हाे ।
राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो । अस्पताल प्रशासनले भने मृत्यु पुष्टि गरिसकेकाे छैन ।
टिप्पणीहरू: