शुक्रबार, २९ चैत २०८१

गृहमन्त्रीकै निर्देशनमा नेहा र सत्येन्द्रलाई तनाव दिएकाेमा सांसदहरुकाे आपत्ति


काठमाडौँ । सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि राज्यले झुटा मुद्दा लगाइएको सन्दर्भमा सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले सर्लाहीको घटनामा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन नहुने धारणा राखे । अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन  नभएकामा सांसदहरुको आपत्ति थियो । यस विषयमा सांसदरु शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राखेका थिए ।

अन्तरजातीय प्रेम विवाह गरेका सत्येन्द्र र नेहालाई गृहमन्त्री रमेश लेखककाे निर्देशनमा तनाव दिएकाे भन्दै सडकमा गृहमन्त्रीकाे राजीनामा माग गर्दै प्रदर्शन समेत सुरु भएकाे छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ