- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गतेको घटनाका दोषीहरूमाथि कारबाही हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलन घटनामा छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न सकिएन भने यो समाज कहिल्यै न्यायपूर्ण बन्न नसक्ने पनि उनले बताए।
बुधबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘भदौ २४ गते आवेग र आक्रोश प्रयोग गरेर प्रायोजित हिंसा भयो। को थियो सिंहदरबार र अदालत जलाउने, त्यत्रो ठूलो ध्वंश गराउने, उकास्ने र योजना बनाउने? आज कोही चुक्क बोल्दैन, कसैले जिम्मा लिँदैन। यसको जबाफदेहीता कसैले लिनुपर्दैन? कसैले सजाय पाउनुपर्दैन?’
उनले भदौ २३ र २४ गते घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने र दोषीहरूमाथि राज्यले कारबाही अघि बढाउनुपर्ने बताए।
टिप्पणीहरू: