शुक्रबार, १९ मंसिर २०८२

सभापतिकाे उम्मेदवार बन्ने गगन थापाकाे घाेषणा


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिमालय टेलिभिजनकाे यक्ष प्रश्नमा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  

'म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने- नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ’ अन्तर्वार्तामा थापाले भनेका छन्।  

कांग्रेस महाधिवेशन आगामी पुस २६-२८ गते हुँदैछ।   

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ