- असार ०६, २०८०
पोखरा, १६ मंसिर । एक साताअघि मात्र विवाह बन्धनमा बाँधिएकी अभियन्ता गिभिना मगरलाई अकल्पनीय चाेट परेको छ । आमाकाे सडक दुर्घटनामा निधन भएकाे केही घन्टामै भाईलाई गुमाएकी छिन् ।
गिभिनाकी आमाको गत शुक्रबार सवारी दुर्घटनामा मृत्यु भएको थियो । लगत्तै शनिबार भाइले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्युु भएको थियो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।
सोही घटना घटेको २४ घण्टा नपुग्दै भाइ घरभित्रै मृत भेटिएका हुन् । उनलाई शनिबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो । गिभिनाका भाइले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गर्यो । आत्महत्याको कारण खुलाइएको छैन ।
टिप्पणीहरू: