- असार ०६, २०८०
काठमाडौं । एघारौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीको टिममा शंकर पोखरेलकी श्रीमती सुजिता शाक्यदेखि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसम्म टिममा परेका छन् ।
तर, इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङ परेनन् । केही दिन अघि घर फर्किएकी रामकुमारी झाँक्री पदाधिकारीको आकंक्षी भए पनि पदाधिकारीको सूचीमा परिनन् ।
सुनिता, सुजिता केन्द्रिय सदस्यको सूचीमा परे पनि सुहाङ परेनन् । उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । काठमाडौंबाट निर्वाचित एक मात्रै सांसद कृष्णगोपाल श्रेष्ठ पनि ओलीको सूचीमा अटाएनन् । जसले ओलीलाई फुबलको पेले जस्तो हो भनेर अति प्रसंसा गरेका थिए ।
त्यस्तै पदाधिकारीका आकंक्षी स्थायी समिति सदस्य राजेन्द्र गौतमले पनि सूचीमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पदाधिकारीका प्रत्याशी अग्नी खरेल केन्द्रीय सदस्यमै सिमित भएपछि उनले पनि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
टिप्पणीहरू: