बिहिबार, ०१ साउन २०८२

महाकाली नदीमा बनेको चार लेनको भाइरल पुल


तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल यात्रुका लागि मात्रै होइन पर्यटकका लागि समेत गन्तब्य बनेको छ ।

विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणको क्रममा छन् । 

पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ ।

अहिले पुल हेर्नकै लागि दैनिक तीन सय बढी पुग्ने गरेका छन् । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् ।

अहिले पोखरीका लागि बाँध बाँध्ने काम भइरहेको छ । पुलमा बसेर टिकटक भिडियो बनाउनेहरु बढेपछि यसलाई स्थानियले ‘भाइरल पुल’ भन्ने गरेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ