बुधबार, ३१ असार २०८३

कर्णाली सरकारमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा


काठमाडाैं ।  कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। 

बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिए। 

कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार बनेकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ