- असार ०७, २०८०
काठमाडाैं। पूर्वमन्त्री एवं स्तम्भकार प्रदीप नेपालको निधन भएकाे छ ।
थापाथालीस्थित नर्भिक अस्पतालमा मंगलबार दिउँसाे निधन भएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ ।
अस्पताल भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार गरिएकाे थियाे । यसअघि अस्पताल प्रशासनले उनको अवस्था गम्भीर रहेकाे जनाएकाे थियाे ।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।
०५१ सालमा बनेकाे एमाले नेतृत्वकाे सरकारमा सञ्चारमन्त्री रहेका नेपाल राजनीतिक विष्लेशक पनि हुन् । पञ्चायतकालमा सञ्जय थापाकाे नाममा लेख लेख्ने नेपाल साहित्यकार पनि हुन् ।
टिप्पणीहरू: