- असार ०६, २०८०
काठमाडाैं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
कांग्रेस नेतासमेत रहेका खड्कालाई स्काउटकाे जग्गा प्रकरणबारे अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएकाे सीआईबी स्राेतले जनाएकाे छ ।
लैनचौरमा रहेकाे ३ रोपनी जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबिच २०६५ मा १० वर्षे सम्झौता भएपछि अहिलेसम्म साेही कम्पनीले भाेगचलन गर्दै आएकाे छ ।
त्यसाे त जेनजी आन्दाेलनमा उनकाे निवासमा पैसा उडेकाे भिडियाे पनि सार्वजनिक भएकाे थियाे ।
टिप्पणीहरू: