आइतबार, ०३ फागुन २०८२

काठमाडौँ आइपुगे पूर्वराजा शाह, समर्थककाे भीडले ट्राफिक अस्तव्यस्त


काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन्।

उनी शुक्रबार दिउँसाे हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पूर्वराजा शाहलाई समर्थकहरूले विमानस्थल अगाडि भेला भएर स्वागत गरेका छन्। उनकाे स्वागतमा समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाएका छन्।

ज्ञानेन्द्रकाे स्वागतका लागि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले विमानस्थलभित्रै पुगेका थिए।

समर्थकहरूले उनलाई विमानस्थलबाट निर्मल निवाससम्म पुर्याउने छन्। त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

समर्थकहरूकाे प्रदर्शनले सिनामंगल क्षेत्रकाे ट्राफिक व्यवस्था अस्तव्यस्त भएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ