- असार ०६, २०८०
पाटन (ललितपुर) । पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उहाँले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।
“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उहाँले भने ।
भदाै २३ गते भएकाे जेनजी आन्दाेलनमा प्रहरीकाे गाेली लागेर १९ जना विद्यार्थीकाे मृत्यु भएपछि तत्कालिन गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । भिजिट भिसा प्रकरणमा पनि उनकाे नाम जाेडिएकाे छ ।
टिप्पणीहरू: