- असार ०६, २०८०
काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक बयान दिनका लागि जाँचबुझ आयोगको कार्यालयमा उपस्थित भएका छन्।
गत भदौको जेनजी आन्दोलनका बेला गृहमन्त्री पदबाट राजीनामा दिएका लेखक साेमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बयान दिन उपस्थित भएका हुन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साँझ नै राजीनामा दिएका थिए। त्यसपछि भदौ २४ गते काठमाडाैँलगायत मुलुकका ठुला सहरहरुमा सार्वजनिक तथा नीजि सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
बयान सकिएलगत्तै आजै उनले नेपाली कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने छन्।
टिप्पणीहरू: