शनिबार, १२ वैशाख २०८३

पूर्वगृहमन्त्री लेखकलाई निवासबाटै पक्राउ गरियाे


फाइल तस्विर

भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।
    
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ लगेको छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ