- भदौ ०२, २०८१
गुजरात । गुजरातको अहमदाबादमा एयर इन्डियाको दुर्घटनाग्रस्त यात्रुवाहक विमानमा गुजरातका पूर्व मुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले लेखेको छ ।
सामाचारमा उल्लेख भए अनुसार उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ जना यात्रु सवार थिए । विमान लण्डनका लागि उडेको थियो ।
अहमदाबाद जोन–४ का डीसीपी कानन देसाईले उक्त क्षेत्रमा विमान दुर्घटना भएको पुष्टि गरे । अहिले दुर्घटनास्थलमा दमकल र गाडीहरु पुगेका छन् । अहमदाबाद विमानस्थल टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोलीलाई अनुसन्धानको लागि घटनास्थल पठाइएको थियो ।
टिप्पणीहरू: