आइतबार, २२ चैत २०८२

परराष्ट्रमन्त्री खनालले गरे मनमैजु मन्दिरमा पूजाअर्चना


काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्।

आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन्। मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ। यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ।

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ