- असार ०६, २०८०
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रिहरुले सपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमवार नवनियुक्त पाँच जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक हप्ताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् ।
नयाँ नियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र जसपाबाट भण्डारीलाल अहिर रहेका छन् ।
टिप्पणीहरू: