- असार ०६, २०८०
काठमाडाैं । जेनजी आन्दाेलनका क्रममा राष्ट्रपति कार्यालय हात्तीको दाह्रा चाेरीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ २४ शीतल निवासबाट लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे।
हात्तीको दाह्रा बिक्री वितरण भइरहेकाे भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
प्रहरीले उनीहरूबाट हात्तीका दाह्राका समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने राजिब महर्जन, गोरखाका टेकप्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल छन्।
उनीहरुकाे साथबाट ट्रामाडोल औषधि १५० वटा क्याप्सुल पनि प्रहरीले वरामद गरेकाे छ ।
प्रहरीले उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ।
जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको छ।
टिप्पणीहरू: