मङ्गलबार, ०४ कात्तिक २०८२

काठमाडौं गणेशथान नजिकै आगलागी


काठमाडौं । काठमाडौं गणेशथान नजिकैका घरहरुमा आगलागी भएको छ । आज बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । 

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ