शनिबार, ३० चैत २०८१

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी, नियन्त्रण प्रयाश जारी


काठमाडौँ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ