बुधबार, ११ चैत २०८२

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा


इटहरी (सुनसरी)। सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ।

आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो। आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए।

‘आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन’, उनले भने। आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो।

बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ